मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

आईपीएल क्रिकेट : मुम्बइ बन्यो प्ले अफमा पुग्ने पहिलो टीम

बिहीबार रातिको खेलमा चेन्नईद्वारा कोलकता ६ विकेटले पराजित

दैनिक नेपाल २०७७ कार्तिक १४ गते ७:२३

काठमाडौं, १४ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स प्ले अफमा पुग्ने पहिलो टिम बनेको छ ।

यूएईमा बिहीबार राति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले कोलकता नाइट राइडर्सलाई हराएपछि मुम्बई प्ले अफमा पुगेको हो । चेन्नईले कोलकतालाई ६ विकेटले पराजित गर्यो ।

कोलकताले दिएको १७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । तालिकाको पुछारमा रहेको चेन्नईले कोलकतालाई हराएपछि शीर्ष स्थानको मुम्बई प्ले अफ पुग्ने पहिलो टीम बनेको हो ।

मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । मुम्बई तालिकाको शीर्ष स्थानमा रहेको छ । अब बाँकी रहेका २ खेल गुमाए पनि मुम्बई शीर्ष चारमा रहने पक्का भएको छ ।

तालिकाको दोस्रो स्थानको रोयल च्यालेन्जर्स बेङ्ग्लोर र तेस्रो स्थानको दिल्ली क्यापिटल्सले १२ खेलमा १४ अंक जोडेका छन् । यस्तै चौथो स्थानको किङ्ग्स इलाभेन पन्जाब र पाँचौं स्थानमा रहेको कोलकताको समेत सम्भावना छ भने पन्जाब र कोलकताले १२ खेलमा समान १२/१२ अंक जोडेका छन् ।

सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको पनि प्ले अफमा पुग्ने सम्भावना रहेको छ । दुबैले १०/१० अंक जोडेका छन् ।

प्रतिक्रिया
सम्बन्धित