
जनकपुर, १३ कात्तिक । प्रदेश २ मा कात्तिक १४ गते शुक्रबार सार्वजनिक बिदा दिइने भएको छ ।
इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक विदा दिइने भएको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना वक्तव्य जारी गर्दै पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्रीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लैजान पैगम्बर हजरत मोहम्मदको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्दछु ।’















प्रतिक्रिया