शुक्रबार, १२ मंसिर २०७७
DainikNepal.com
शुक्रबार, १२ मंसिर २०७७

काठमाडौँका सिडिओ दाहाल दम्पतीमा कोरोना पुष्टि

दैनिक नेपाल २०७७ कार्तिक १३ गते १९:३७

काठमाडौँ, १३ कात्तिक । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

टाउको दुखेपछि दाहालले स्वाब परीक्षण गर्न दिएकामा बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको हो ।

गृह मन्त्रालयले उनमा संक्रमण देखिएको पुष्टि गरेको छ ।

दाहाल दम्पतीलाई नै संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

उनलाई टाउको दुख्नेबाहेक अरू लक्षण नदेखिएको हाल स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित