
काठमाडौँ, १३ कात्तिक । धरान उपमहानगरपालिका १० का एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
४८ वर्षीय उनको अस्पताल लैजान नपाई बाटोमै मृत्यु भएको हो ।
उनी वुधबार दिउँसो बाथरुम जाँदा लडेका थिए ।
अचेत रहेका उनलाई अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान नपाउँदै उनको मृत्यु भएको हो ।
करिब २ सातादेखि उनलाई ज्वरो आएको थियो ।
उनको परिवारले पीसीआर गराउँदा वुधबार उनको कोरोना पोजेटिभ देखियो ।
पारिवारिक स्रोतका अनुसार एक महिना अघि उनको घरमा आएका एक पाहुना युवकमा कोरोना देखिएको थियो ।
उनको परिवारले उनलाई निकै कर गरेर परीक्षण गरिएको जनाइएको छ ।
उनको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा दिइएको छ ।















प्रतिक्रिया