शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै र्‍यापर भिटनेमाथि कारवाही गर्न निर्देशन

दैनिक नेपाल २०७७ कार्तिक १३ गते १६:४०

काठमाडौँ, १३ कात्तिक । प्रहरी प्रधान कार्यालयले भिटेन भनेर चिनिने र्‍यापर समीर घिसिङमाथि कारवाही गर्न साइबार ब्युरोलाई पत्र लेखेको छ ।

एक साताअघि भिटेनले युट्युबमा पोस्ट गरेको र्याप भिडियोमा आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै बिहीबार प्रधान कार्यालयले कारवाहीका लागि चिठी लेखेको हो ।

उनले हालसालै पारा शीर्षकमा नयाँ भिडियो सार्वजनिक गरेका थिए ।

यसअघि पनि प्रहरीले भिटेनलाई आपत्तिजनक शब्द तथा चित्र प्रयोग गरिएको भिडियो सार्वजनिक गरेको आरोपमा महानगरी अपराध महाशाखाले पक्राउ गरेको थियो ।

एक वर्षअघि पनि उनलाई प्रहरीले पक्राउ गरेर भिडियो डिलेट गर्न लगाएको थियो भने आइन्दा त्यस्ता आपत्तिजनक शब्द प्रयोग गरेर भिडियो नबनाउन सचेत गराउँदै बिना कारवाही रिहा गरेको थियो ।

प्रहरीका अनुसार उक्त भिडियो नेपाली सभ्य समाजले पचाउने खालको नभएको बताएको छ ।

साइबर ब्युरोले प्रधान कार्यालयको पत्र प्राप्त भइसकेकाले त्यो भिडियो संलग्न अन्य को को छन् लगायत विषयमा प्रारम्भिक अनुसन्धान सुरु गरेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित