शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

किन रोक्यो सरकारले कोरोना सम्बन्धी नियमित प्रेस ब्रिफिङ ?

दैनिक नेपाल २०७७ कार्तिक १३ गते १६:००

काठमाडौँ, १३ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सम्बन्धी नियमित प्रेस ब्रिफिङ नागरिककै आग्रहमा रोकेको जनाएको छ ।

मन्त्रालयका जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्यमन्त्रीका सल्लाहकार डा. खेम कार्कीले कोरोना सम्बन्धी दैनिक प्रेस ब्रिफिङ नागरिककै आग्रहमा रोकिएको बताए ।

नागरिककै आग्रहमा दैनिक हुने लाइभ प्रेस ब्रिफिङ रोकिएको भए पनि अन्य माध्यमाबाट कोरोना सम्बन्धी जानकारी भने दिइने उनले बताए । त्यस्तै, हप्ताको दुई दिन आइतबार र वुधबार भने प्रेस ब्रिफिङ गरिने मन्त्रालयले जनाएको छ ।

सरकार कोरोना संक्रमितको उपचारमा दृढता साथ लागेको बताउँदै कार्कीले दैनिक हुने प्रेस ब्रिफिङले आम नागरिकमा त्रासको वातावरण बनेको भन्दै रोकिएको जनाए ।

त्यस्तै, उनले संक्रमितको उपचार गर्ने नियम पनि यथावत रहेको जनाउँदै हल्लामा विश्वास नगर्न पनि आग्रह गरे ।

सरकारले प्रत्येक नागरिकको मुखमा माक्स लगाउन, साबुन पानीले हात धुन र सबैलाई २ मिटर दूरीमा राख्न नसक्ने र मानिसले अहिले यस्ता खालको उपेक्षा राख्ने गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित