८ कार्तिक २०८३, आइतबार

बलिकामाथि उच्छृङ्खल गतिविधि गरेको भन्दै एक युवकलाई दलियो कालोमोसो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ कात्तिक । रुपन्देहीमा वडा अध्यक्षकै उपस्थितिमा एक युवालाई कालोमोसो दलेर गाउँ परिक्रमा गराइएको छ ।

उच्छृङ्खल गतिविधि गरेको आरोपमा उनलाई कालोमोसो दलेर गाउँ परिक्रमा गराइएको स्थानीय बासिन्दाले जनाएका छन् ।

सम्मरीमाई गाउँपालिका–६ पचपेडवा गाउँमा १० वर्षीया बालिकालाई उच्छृङ्खल गतिविधिका साथ जिस्क्याएको भन्दै स्थानीय २२ वर्षीय बब्लु केवटलाई वडा अध्यक्ष सत्यनारायण केवट नेतृत्वको समूहले शारीरिक यातना पश्चात कालोमोसो दलेर गाउँ परिक्रमा गराएको जनाइएको छ ।

प्रहरीले आफूहरुमा उजुरी नआएको बताएको छ । उजुरी आएमा संलग्नलाई कारवाही हुने प्रहरीले जनाएको छ ।