शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

रौतहटमा १० लाख बढीको अवैध भारतीय सामान बरामद

दैनिक नेपाल २०७७ कार्तिक १३ गते १४:५३

 

काठमाडौँ, १३ कात्तिक । रौतहटमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले छुट्टाछुट्टै गस्तीमा १० लाख रुपैयाँभन्दा बढीको अवैध भारतीय सामान बरामद गरेको छ ।

चाडपर्वलाई लक्षित विशेष गस्ती टोलीले भारतबाट लुकीछिपी ल्याउँदै गरेको कपडा, किराना, कस्मेटिक्स, रेडिमेड लगायतको सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटर रौतहटका डिएसपी नरेश भण्डारी र सशस्त्र बेश क्यामप देवाहीका प्रमुख ईन्स्पेक्टर बिष्णु अधिकारीको नेतृत्वमा गएको टोलीले देवाही गोनाही महादेवपटी लगायतका स्थानबाट ७ लाख ९० हजार बराबरको अवैध सामान बरामद गरेको सशस्त्रले जानकारी दिएको छ ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय गौर, ईलाका प्रहरी कार्यालय गरुडा, र केही प्रहरीचौकीको टोलीले महादेवपटी, गढीमाई लगायतका स्थानबाट ३ लाख २५ हजार मुल्य बराबरको बिभिन्न भारतीय सामान बरामद गरेको रौतहट प्रहरीले जनाएको छ ।

बरामद सामानहरु आवशयक कारबाहीको लागी आजै जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जनाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित