बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

कांग्रेस नेता भीमलाल गहतराजको निधन

दैनिक नेपाल २०७७ कार्तिक १३ गते १४:२६

काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेस मोरङका महाधिवेशन प्रतिनिधि एवं नेपाल दलित संघका केन्द्रीय सदस्य भीमलाल गहतराजको निधन भएको छ ।

६९ वर्षीय गहतराजको बिहीबार बिहान ६ बजे मोरङको मंगलबारे अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसले बताएको छ । उर्लाबारी–४ निवासी स्वर्गीय गहतराजले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको पार्टीका तर्फबाट बिहीबार जारी शोक वक्तव्यमा उल्लेख छ ।

‘उनको निधनबाट नेपाली कांग्रेसले एक होनाहार व्यक्तित्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ’, वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित