
बाँके, १३ कात्तिक । नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्कस्थित कृष्ण सुबेदीको घरमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–४ का ४१ वर्षीय सन्तोष थापा लगायत १० जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । तास खेलिरहेको सूचना प्राप्त गरेपछि प्रहरी त्यहाँ पुगेको बताएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ लाख ४८ हजार ७०० रुपैयाँ र ८ गड्डी ताससहित पक्राउ गरेको हो ।















प्रतिक्रिया