१ कार्तिक २०८३, आइतबार

छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दार्चुला, बारा, दाङ र कैलालीमा भएको दुर्घटनामा ती ४ जनाको मृत्यु भएको हो ।

बुलेटिन अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित सडकमा बुधबार दिउँसो ना. ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका सगंमटोलका ६६ वर्षीय बीरसिंह बिष्टको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका बिष्टको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै दाङको लमही नगरपालिका–१ नर्तिस्थित सडकमा बुधबार दिउँसो भे. १० प १५४९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–२ दोलहीका ७५ वर्षीय भरथारी चौधरीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लमही अस्पताल हुँदै मेडिकल कलेज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

यसैगरी बाराको बारागढी गाउँपालिका–५ सिंहासनी चोकस्थित सडकमा ना. ४७ प १९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर बुधबार राति दुर्घटनामा हुँदा रौटहट फतुवा बिजयपुर नगरपालिका–११ भैँसाहीका २३ वर्षीय धर्वेन्द्र चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको कलैया अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी दार्चुलाको अपिहिमाल गाउँपालिका–५ घोडेभित्तास्थित सडकमा लु. ४ त २६३६ नम्बरको ट्याक्टरले च्यापेर ट्याक्टर चालक दाङ लमही नगरपालिका बनगाई बस्ने ३२ वर्षीय प्रेम थापाको बुधबार बेलुका घटनास्थलमै मृत्यु भएको छ ।

अपिहिमाल गाउँपालिका–५ मकरीगाड हाईड्रोपावरका लागि सिमेन्ट लैजाने क्रममा ट्याक्टर रोकेर ट्याक्टरबाट झरेका उनलाई एक्कासी ट्याक्टर आगाडि बढी च्याप्दा मृत्यु भएको हो ।