१ कार्तिक २०८३, आइतबार

कांग्रेसको केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ ।

कात्तिक २१ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीको १४औं महाधिवेशनबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।

बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन कांग्रेसले आग्रह गरेको छ । कांग्रेसको १४औं महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका छ ।