बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

शिवश्री हाइड्रोको शेयर खरीदमा चाप उच्च, विक्रीकर्ता छैनन्

दैनिक नेपाल २०७७ कार्तिक १३ गते ११:४५

काठमाडौं, १३ कात्तिक । बाँडफाँट भएको करिब १ वर्षपछि धितोपत्र बजारमा सूचीकृत शिवश्री हाइड्रोपावरको शेयर करोबार बिहीबारदेखि शुरु भएको छ ।

उक्त कम्पनीको शेयर प्रि–ओपनिङ सेसनमा बिहीबार कारोबार भएपछि नियमित सेसनमा कारोबार शुरु भएको हो । प्रि–ओपनिङ सेसनमा उक्त कम्पनीको १०० कित्ता शेयर प्रतिकित्ता रू. १२० का दरमा खरीदविक्री भएको छ ।

नेप्सेले उक्त कम्पनीको पहिलो कारोबारका लागि रू. १०० देखि रू. ३०० को मूल्यरेञ्ज तोकेको थियोे । प्रि–ओपनिङ सेसनमा खरीदविक्री भए पनि कारोबारको २० मिनेटसम्म कम्पनीको २ लाख ७१ हजार ५५० कित्ता शेयर खरीद माग रहेको छ भने यो अवधिसम्म विक्रीकर्ता भने आएका छैनन् ।

नियमित सेसनमा कमपनीको शेयर प्रतिकित्ता रू. १२० मा खुला भएको छ । उक्त कम्पनीले २०७६ साल असोज १६ गतेदेखि कात्तिक १५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरी मंसिर २४ गते बाँडफाँट गरेको थियो ।

गत कात्तिक ५ गते सूचीकृत भएको यी शेयर कात्तिक ६ गतेदेखिनै कारोबार योग्य भएको भएपनि प्रि–ओपनिङ सेसनमा कारोबार हुन नसक्दा नियमित सेसनमा कारोबार हुन सकेको थिएन ।

प्रतिक्रिया
सम्बन्धित