
काठमाडौं, १३ कात्तिक । ‘ग्रामीण उद्यम र आर्थिक विकास परियोजना’ अन्तरगत विश्व बैंकले नेपाललाई ८ करोड अमेरिकी डलर (करिब ९ अर्ब ४४ करोड रूपैयाँ) दिने भएको छ ।
ग्रामीण कृषिलाई बढावा दिन र महामारीपछिको सुधारका लागि उक्त रकम नेपाललाई दिन लागेको विश्व बैंकले बताएको छ । बैंकले बुधबार गरेको निर्णय अनुसार यो परियोजनाले कृषि बजारसँगको सम्बन्ध बढाउन सघाउ पुर्याउने बताइएको छ ।
विशेष गरी महिलाहरूलाई यो परियोजनाले सघाउने छ । नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस ह्याड्याड जेरभोसका अनुसार कृषि क्षेत्रमा नेपालको ब्राण्ड बनाउन यसले सघाउने छ ।
परियोजनाले कफी, चिया, फलफूल र औषधि उत्पानहरू जस्ता धेरै क्षेत्रमा उत्प्रेरित गर्न सक्ने उनको भनाइ छ ।
परियोजना प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पर्ने ५ वटा आर्थिक कोरिडोरमा केन्द्रित रहने जनाइएको छ ।















प्रतिक्रिया