शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सेभियाद्वारा १–० गोलअन्तरले रेनेस पराजित

दैनिक नेपाल २०७७ कार्तिक १३ गते ९:२९

काठमाडौं, १३ कात्तिक । स्पेनिल ला लिगा क्लब सेभियाद्वारा १–० गोलअन्तरले रेनेस पराजित भएको छ ।

च्याम्पियन्स लिगको समूह ‘ई’अन्तर्गत गए राति घरेलु मैदानमा भएको खेलमा सेभियाले रेनेसलाई १–० को साँघुरो अन्तरमा पराजित गरेको हो ।

सेभियाको जितका लागि खेलको एक मात्र निर्णायक गोल लुक डी जोङले गरेका थिए । उनले पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गर्दै घरेलु टोलीलाई साँघुरो जित दिलाएका थिए ।

डी जोङले खेलको ५५औं मिनेटमा गोल गरेका थिए । उनले अकुनाको पासमा गोल गर्दै सेभियालाई जित दिलाएका हुन् । समूह ईमा रहेको सभियाको यो समूहको पहिलो जित हो । यसअघि चेल्सीसँग समूहको पहिलो खेलमा गोलरहित बराबरी खेलेको थियो ।

सेभिया दुई खेलबाट ४ अंक जोड्दै समूहको दोस्रो स्थानमा छ । बराबर नतिजा निकालेको चेल्सी शीर्ष स्थानमा छ । पराजित रेनेस भने १ अंक जोड्दै समूहको पुछारमा परेको छ ।

प्रतिक्रिया
सम्बन्धित