बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

आईपीएल क्रिकेट : मुम्बई इन्डियन्सद्वारा बेङ्ग्लोर ५ विकेटले पराजित

दैनिक नेपाल २०७७ कार्तिक १३ गते ८:२८

काठमाडौं, १३ कात्तिक । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा मुम्बई इन्डियन्स विजयी भएको छ ।

बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ५ विकेटले पराजित गरेको मुम्बई प्ले अफ नजिक पुगेको छ । मुम्बईको १६ अंक भएको छ ।

१६५ रनको लक्ष्य मुम्बईले ५ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गरेको थियो । मुम्बईको जितमा सूर्यकुमार यादवले नटआउट अर्धशतकीय पारी खेले । उनी ७९ रनमा नट आउट रहँदा ४३ बल फेस गरेका थिए । उनले १० चौका र तीन छक्का प्रहार गरे ।

यस्तै इशान किसनले २५ रन जोड्दा क्वीन्ट डीकक १८ र हार्दिक पाण्डेय १७ रनमा पभेलियन फर्किए । युजबेन्द्र चहल र मोहम्मद सिराजले समान २/२ विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको बेङ्ग्लोरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६४ रन बनायो ।

बेङ्ग्लोरका लागि देवदत्त पडिक्कले अर्धशतकीय पारी खेलेका थिए । पहिलो विकेटका लागि जोश फिलिप र पडिक्कलबीच ७१ रनको साझेदारी भएको थियो । फिलिप व्यक्तिगत ३३ रन बनाएर आउट हुँदा २४ बल फेस गरेका थिए ।

उनले एक छक्का र चार चौका प्रहार गरेका थिए । यस्तै दोस्रो विकेटको रुपमा कप्तान विराट कोहली आउट भए । उनले दोहोरो अंकमा रन बनाउन सकेनन् । ९ रन बनाएका कोहलीले १४ बल फेस गरेका थिए ।

कोहली आउट हुँदा २-९५ स्कोर रहेको थियो । त्यसपछि पडिक्कल र एभी डिभिलियर्सले पारि अघि बढाएका थिए । एबी १२ बलमा १५ रन बनाएर आउट भए । उनले १ छक्का र १ चौका प्रहार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित