
काठमाडौँ, १२ कात्तिक । नेपालमा गत थप २४ घण्टामा थप २ हजार ९ सय ८१ जनाले कोरोना जितेका छन् ।
वुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ८१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
योसहित निको हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ ।
वुधबार थप १ हजार ९ सय ५४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ ।
हाल देशभर ३९ हजार ६ सय ४३ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ८ सय ८७ जना पुगेको छ ।















प्रतिक्रिया