
काठमाडौँ, १२ कात्तिक । सरकारले नियमित रुपमा गर्दै आएको कोरोनाभाइरसको दैनिक प्रेस ब्रिफिङ हप्ताको दुई दिनमात्रै गर्ने भएको छ ।
दसैँको विदाका कारण ५ दिन रोकिएको प्रेस ब्रिफिङ अबदेखि दैनिक रुपमा नहुने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बिहीबारदेखि कोभिड १९ को प्रेस ब्रिफिङ हप्तामा दुई दिन मात्र गरिने जानकारी दिए ।
गौतमका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार मात्रै कोभिड १९ प्रेस ब्रिफिङ हुनेछ । यद्यपि कोरोना संक्रमणबारे जानकारी भने नियमित रुपमा सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले बताए ।















प्रतिक्रिया