
काठमाडौँ, १२ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चियापान कार्यक्रम स्थगित भएको छ ।
पार्टीले बडादसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कोरोना महामारीका कारण नगर्ने भएको हो ।
पार्टी केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले वुधबार एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ महामारीका कारण यस वर्ष उल्लेखित कार्यक्रम स्थगित गरिएको जनाएका छन् ।
देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा विज्ञप्तिमार्फत नै ती पर्वका अवसरमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त पनि गरिएको छ ।
















प्रतिक्रिया