
काठमाडौँ, १२ कात्तिक । रोल्पामा लडेर एक जनाको मृत्यु भएको छ ।
रुन्टीगढी गाउँपालिका वडा नं. २ उमा का ६३ बर्षीय दलबहादुर पुनको लडेर मृत्यु भएको हो ।
उनी स्थानीय धवलडाँडामा किराना पसल गर्ने गर्थे ।
जिल्ला प्रहरीका अनुसार उनी मंगलबार ९ बजे राती आफ्नै पसलको ढोका बाहिर अचेत अवस्थामा फेला परेका थिए । प्रहरीले उनको उद्धार गरी उपचारका लागि दाङतर्फ लैजाँदै गर्दा साढे १० बजेतिर मृत्यु भएको जनाइएको छ ।
मृतक दमका रोगी रहेको पारिवारिक स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार उनी लडेर बेहोस भएका बताए पनि परिवारका सदस्यले भने हत्या भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमको लागि होलेरी अस्पतालमा राखिएको छ । त्यस्तै, घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया