८ कार्तिक २०८३, आइतबार

देशभरको मौसम कस्तो छ ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ कात्तिक । देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सफा रहने जनाएको हो ।

महाशाखाले राति प्रदेश १ र वागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ भने अन्य स्थानमा मौसम सफा रहनेछ ।

त्यस्तै, बिहीबार र शुक्रबार पनि मौसम केही स्थानमा बदलीबाहेक सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।