८ कार्तिक २०८३, आइतबार

कुटपिट गरी हत्या गरेको अभियोगमा ६ जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दैलेख, १२ कात्तिक । नौमुले गाउँपालिका १ राइले धनीगाउँ बस्ने ४० वर्षीय भबिन्द्र शाहीको कुटपिट गरी हत्या गरेको अभियोगमा ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

भबिन्द्रलाई मंगलबार बेलुका ६ जना व्यक्तिहरुले कुटपिट गरी गम्भीर घाइते बनाएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र ईलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरीले उक्त घटनाको अनुसन्धानको क्रममा ६ जनालाई नियन्त्रणमा लिएको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका भबिन्द्रको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।