८ कार्तिक २०८३, आइतबार

मदन पुरस्कार विजेता साहित्यकार एवं पूर्वसचिव खनालको निधन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ कात्तिक । मदन पुरस्कार विजेता साहित्यकार एवं पूर्वसचिव रेवतीरमण खनालको मंगलबार साँझ निधन भएको छ ।

८८ वर्षीय खनालको काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

खनालको घरमै मधुमेह र दम उपचार गराइरहेका थिए ।

खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेखेका छन ्।

तनहुँमा जन्मनुभएका खनालले ३५ वर्ष तत्कालीन राजप्रसाद सेवामा काम गरेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

काठमाडौँमा निधन भएपनि विदेशबाट छोरा आएपछि खनालकै पूर्वइच्छाअनुसार तनहुँको देवघाटमा अन्त्योष्टि गरिने जनाइएको छ ।