
काठमाडौँ, १२ कात्तिक । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
प्रदेश प्रमुख कार्यालय हेटौँडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर गएका प्रसाईको मंगलबार पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
उनलाई केही दिनदेखि कोरोनाको सामान्य लक्षण देखिएको थियो ।
हाल उनको स्वास्थ्य सामान्य रहेको छ भने उनी घरमै आइसोलेसनमा रहेका छन् । त्यस्तै, उनका छोरोलाई पनि संक्रमण पुष्टि भएको जनाइएको छ ।















प्रतिक्रिया