
काठमाडौँ, ११ कात्तिक । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कात्तिक १९ गतेदेखि २१ गतेसम्म नेपाल भ्रमणमा रहने नेपालीे सेनाले जनाएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले एक प्रेस विज्ञप्ति जारी गर्दै भारतीय सेनाध्यक्ष नरवणेको भ्रमणबारे मिति सार्वजनिक गरेको हो ।
उनीसँगै ४ जनाको टोली नेपाल आउने सेनाले जनाएको छ ।
उनी नेपाली सेनाको मानार्थ महारथी दर्जा लिनका लागि नेपाल आउन लागेका हुन् । नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने जनाइएको छ ।
भारतीय सेनाध्यक्ष नरवणेले नेपाल भ्रमणका क्रममा सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै नरवणेले रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेट गर्नेछन् ।
नरवणे प्रधानसेनापति थापाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।















प्रतिक्रिया