
काठमाडौं, ११ कात्तिक । देशभर ५ सय ७० कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ५ सय ७० कोरोना संक्रमित थपिएका हुन् । २७ सय २५ जनामा पिसिआर गर्दा ५ सय ७० जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ३१ सय ६८ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ८१ पुगेको छ ।
२४ घण्टामा १४ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । यो संगै नेपालमा संक्रमणका कारण निधन हुनेको संख्या ८ सय ८७ पुगेको छ । देशभर कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ भने संक्रमण मुक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५२ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ९७ महिला र १५५ पुरुष रहेका छन् ।











प्रतिक्रिया