
काठमाडौँ, ९ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइतबार चाबहिलको ॐ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कोरोना पुष्टि भएपछि असोज ३० गते अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले डिस्चार्ज गरेको राप्रपाले जनाएको छ ।
संक्रमण देखिएपछि उनलाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा असहज महसुस भएपछि अस्पतालको आईसीयूमा उनको उपचार गरिएको थियो । थापाले डिस्चार्ज भएपछि उपचारमा संलग्न चिकित्सक तथा नर्सहरुलगायतमा धन्यवाद दिएका छन् ।
थापा १० दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएका हुन् ।















प्रतिक्रिया