८ कार्तिक २०८३, आइतबार

आइतबार थप २८ सय ५६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित साढे ४५ हजार

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ कात्तिक । नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यससँगै संक्रमितको संख्या १ लाख ५८ हजार ८९ सय पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ हजार ३ सय ३६ जनाले कोरोना जितेका छन् ।

हाल देशभर ४५ हजार ५ सय ७२ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ८ सय ५७ जना पुगेको छ ।