बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

अमेरिकामा नेपाली महिला घोडे पोलो खेलाडी केमिका भण्डारीको नेपाली टोली विजयी

विजय थापा २०७७ कार्तिक ८ गते १८:३२

-विजय थापा

डिसी, ८ कात्तिक । अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएकी नेपाली मूलकी घोडे तथा हात्ती पोलो एक मात्र नेपाली महिला खेलाडी केमिका भण्डारीको नेपाली टोलीलाई सफलता मिलेको छ ।

गत अक्टोबर १८ आइतबारका दिन सम्पन्न ईपोना (ईक्वाइन पोलो नेटवर्क अफ दि एटलान्टिक )खेल प्रतियोगितामा भण्डारीको नेपाली टोली नाम गरिएको समूह बिजयी भएको हो ।

अमेरिकाको मेरिल्याण्ड राज्यको पश्चिमी भागमा अवस्थित पुल्सभिलमा आयोजना भएको ईपोना प्रतियोगिता घोडे पोलो (हर्स पोलो) कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त खेलमा ईपोना अन्तर्गत वाशिंगटन डिसी,मेरिल्याण्ड र भर्जिनिया वरपर रहेका पोलो क्लब(अड्डा)संग आबद्ध खेलाडीहरु जस्तै समर हिल पोलो क्लब ,सेनेका पोलो क्लब टोली बीच खेलाडीहरुको प्रतिस्पर्धा भएको थियो ।

यसै अन्तर्गत नेपाल टिम (समूह)ले भाग लिएको थियो । घोडेपोलो खेल बिभिन्न तह गरि खेल्ने र खेलाइन्छ । खेलाडीहरुको खेल खेल्ने क्षमता हेरेर लो गोल(निम्न लक्ष्य), मिडिएम गोल(मध्य लक्ष्य)र हाइ गोल(उच्च लक्ष्य)मा बिभाजन गरिन्छ ।

साथै नेपाल टिम (टोली)र समर हिल पोलो टिम(टोली)बीच भएको खेलमा नेपाल टोली बिजयी भएको थियो । नेपाली टोलीमा केमिका भण्डारी,क्लाउडिया टोबलर र डेरियो सोतोमेयोर खेलाडीहरु रहेका थिए ।

उक्त खेलमा बिजयी खेलाडीहरुलाई पदक प्रदान गरिएको थियो । उक्त खेलको आयोजना तथा प्रायोजन संस्थाकी संस्थापक सदस्य क्लाउडिया टोबलरले गरेकी थिइन् ।

अमेरिकामा घोडे पोलो र घोडा दौड निकै प्रख्यात र प्रचलित छ । ईक्वाइन पोलो नेटवर्क अफ दि एटलान्टिक(ईपोना) डिसी,मेरिल्याण्ड र भर्जिनिया घोडे पोलो र घोडा दौड का साथै अन्य घोडासँग सम्बन्धित खेलहरुको लागि सम्बन्धित विभिन्न उमेर,तह र विभिन्न क्षेत्रका खेलाडीहरुलाई प्रवर्धन गर्ने संजाल हो ।

घोडे पोलो तथा हात्ती पोलो दुवै खेल खेल्ने केमिका भण्डारी सम्भवत एक मात्र नेपाली मूलकी खेलाडी हुन् । भण्डारी हात्ती पोलो खेल खेल्न नेपालको चितवन र बर्दिया समेत गएर पुरस्कार समेत जितेर ल्याएकी छिन् ।

उनि गल्फ खेलकि राम्रो खेलाडी पनि हुन् । दशैको मुखमा आयोजना भएको ईपोना खेलमा नेपाली टोलीले जितेकोमा हर्ष व्यक्त गरेकी छिन् । र आफ्ना शुभचिन्तक र सबैलाई धन्यबाद दिएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित