![]()
लमजुङ, ८ कात्तिक । लमजुङका चेपाङ समुदायलाई राहत वितरण गरिएको छ ।
कोरोनाभाइरस र लकडाउका कारण काम नपाएरु खर्चविहीन भएका चेपाङ समुदायलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको टोलीले शनिबार बिहान राहत वितरण गरेको हो ।
बेंसीसहर नगरपालिका–११, बरबोट चेपाङ गाउँका १० घरपरिवार र दोर्दी गाउँपालिका–९, हिलेटक्सार भीरकुनाका ४ घरपरिवारलाई उनले चामल, दाल, नुन, तेल र कुकिज वितरण गरे ।
शर्माका अनुसार १४ घर चेपाङ परिवारलाई प्रति परिवार १५ किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल, १ पोका नुन, १ पोका सोयाबिन र एक प्याकेट कुकिज प्रदान गरिएको छ ।
राहत पाएपछि चेपाङ समुदायका मानिसहरुले खुशी व्यक्त गर्दै अब दसैँ राम्ररी मनाउन पाइने भयो भन्ने प्रतिक्रिया दिएका छन् ।















प्रतिक्रिया