
काठमाडौँ, ८ कात्तिक । प्रहरीले काठमाडौँको सुन्धारास्थित नेपाल मदनी मस्जिदमा तोडफोड गर्ने २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मस्जिद तोडफोड गर्न लगाउने रत्नकाजी महर्जन र उनले खटाएका डोजरका चालकलाई पक्राउ गरेको हो ।
मस्जिदमा शनिबार विहान तोडफोड भएको महानगरीय प्रहरीले जनाएको छ ।
एक सय वर्ष पुरानो मस्जिद भूमाफियाको तारो बन्ने गरेको थियो ।
प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरिएकोले घटनाबारे अनुसन्धान गरिने बताएको छ ।
निर्माणधीन धरहराको ठिक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ ।
यो मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो ।
यसलाई मुस्लिम समुदायले अस्थायी रूपमा संरचना बनाई प्रयोग गरिरहेका छन् ।















प्रतिक्रिया