
काठमाडौँ, ८ कात्तिक । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप १३ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ ।
यससँगै मृतकको संख्या ८ सय ४२ पुगेको छ ।
शनिबार देशभर थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप २ हजार ८ सय ४६ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।















प्रतिक्रिया