
काठमाडौँ, ८ कात्तिक । नेपालमा थप २ हजार २ सय २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ हजार २ सय २५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
यससँगै संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ हजार ८ सय ४६ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको छ ।
हाल देशभर ४६ हजार ५७ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ८ सय ४२ जना पुगेको छ ।















प्रतिक्रिया