
काठमाडौँ, ७ कात्तिक । काठमाडौँ उपत्यकामा थप २ हजार ७ सय २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा सो संख्यामा संक्रमित थपिएका हुन् ।
शुक्रबार देशभर थप ४ हजार ४ सय ९९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ८ सय २९ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया