८ कार्तिक २०८३, आइतबार

शुक्रबार थप ४४ सय ९९ जनामा कोरोना पुष्टि, १७ को मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ कात्तिक । नेपालमा थप ४ हजार ४ सय ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ९९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

यससँगै संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ हजार ६ सय ६८ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ पुगेको छ ।

हाल देशभर ४६ हजार ६ सय ९१ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ८ सय २९ जना पुगेको छ ।