शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

युरोपा लिगमा टोटनह्यामको विजयी सुरुवात

दैनिक नेपाल २०७७ कार्तिक ७ गते ६:४८

काठमाडौं, ७ कात्तिक । टोटनह्यामले शानदार जितसहित युरोपा लिग फुटबलको यात्रा सुरु गरेको छ । समूह जे अन्तर्गत बिहीबार राति भएको खेलमा टोटनह्यामले एलएएसकेलाई ३-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले दुई गोल आफै गर्न सक्यो भने एक गोल उपहारमा पाएको हो ।

टोटनह्यामका लागि १८ औँ मिनेटमा लुकास मौराले गोल गरे । २७ औँ मिनेटमा एलएएसकेका एनड्राडेले आत्मघाती गोल गरे । ८४ औँ मिनेटमा सन हेगं मिनले गोल गरेपछि टोटनह्याम ३-० ले विजयी भएको हो ।

प्रतिक्रिया
सम्बन्धित