
वीरगञ्ज, ७ कात्तिक । पर्सा क्षेत्र नम्बर १ सांसद प्रदिप यादवले शिक्षा स्वास्थ्य तथा विकास निर्माण कार्यलाई योजना तहत अगाडि बढ़ाइने बताएका छन् ।
वीरगञ्ज महानगरपालिका–२२ मा संसदीय विकास कोष तथा प्रदेश २ सरकारको सहयोगबाट निर्माण सम्पन्न भएको सड़क ढलान निर्माण कार्यको उद्घाटन गर्दै सांसद यादवले सो कुरा बताएका हुन् ।
कार्यक्रम लाई सम्बोधन गर्दै सांसद यादवले विगत एक दशकमा यस क्षेत्रबाट निर्वाचित सांसदहरूले गर्न नसकेको विकास निर्माणका कार्यहरू आफुले २ वर्षमै गरेर देखाएको बताए ।
विकास को नारा लिएर धेरै नेताहरु भोट माग्न आए जितेर पनि गए तर यस क्षेत्रको अवस्थामा कुनै परिवर्तन भएको थिएन तर मैले आफनो क्षेत्रको जनताको जीवनस्तर उकास्न शिक्षा स्वास्थ्य तथा विकास निर्माण कार्यको काम लाई योजना तहत अगाडी बढाएको बताए ।
यस वडामा स्वास्थ्य भवन बनाउन जग्गा खोजीको काम भईरहेको बताउदै सांसद यादवले कक्षा ८ सम्म रहेको सरकारी विधालयलाई १० सम्म पुर्याउन पहल गर्ने बताए । आफनो संसदिय विकास कोषबाट भईरहेको निर्माण कार्य हरूको जायजा लिनुको साथै पैसा को कमीका कारण रोकिएको विकास योजनाहरूलाई निर्माण सम्पन्न गराउन अवलोकन समेत गरेका थिए ।
कार्यक्रम मा प्रदेश सांसद जन्नत अंसारीले यस क्षेत्रको जनताको चाहना अनुसार विकास निर्माण कार्यलाई निरन्तरता दिइएको बताए । कार्यक्रम मा प्रदेश सांसद एवम पुर्व मन्त्री करिमा बेगमले संघियताका कारण यस प्रदेशमा विकास निर्माण कार्य तिब्र गतीमा भईरहेको बताइन् ।
निर्माण सम्पन्न सड़क ढलान ५० लाखको लागतमा सम्पन्न भएको हो । कार्यक्रम मा वडा नम्बर २२ का वडा अध्यक्ष गयासुद्दीन मिया, स्थानिय विधालय का अध्यक्ष प्रभु यादव लगाएत स्थानियको उल्लेखनीय उपस्थिति रहेको थियो ।















प्रतिक्रिया