१ कार्तिक २०८३, आइतबार

एनएमबि र लक्ष्मी बैकसँगको साझेदारीमा कोष स्थापना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । नेपालका दुई वाणिज्य बैकहरु र स्वीस सरकार बिकास सहयोग एसडीसीबीच कोरोनाको कारण समस्यामा परेका लद्यु, साना तथा मझौला व्यवसायहरु (एमएसएमई) लाई सहयोग गर्ने सम्बन्धमा साझेदारी भएको छ ।

स्वीस सरकार विकास सहयोग एसडिसिको सहयोगमा वान टु वाचले एन एम बि बैंक र लक्ष्मी बैंकसंग साझेदारी गरि कोभिड १९ एमएसएमई कोष गठनको बुधबार घोषणा गरिएको हो । कोभिड– १९ बाट प्रभावित लद्यु, साना तथा मझौला व्यावसायहरुलाई सहयोग दिने कोषको मुल उद्देश्य रहेको छ ।

कोषबाट व्यवसायहरुलाई छोटो अवधिको लागि कर्जा प्रदान गर्नुका साथै व्यवसाय अनुकूल परामर्श र तालिम प्रदान गरि व्यवसायको निरन्तरतामा सहयोग मार्फत रोजगारी जोगाउन मद्दत गर्ने छ ।

कोषद्धारा करिब १०० व्यवसायलाई सहयोग पर्याउने र करिब १००० रोजगारी जोगाउने अपेक्षा गरिएको छ ।

यस अन्तर्गत कोभिड १९ बाट प्रभावित तर व्यवसाय गर्ने क्षमता भएका व्यवसायलाई धितो रहित कर्जा र १८ महिना सम्मको लागि व्याज पनि मिनाहा गरिनेछ । त्यसैगरी त्यी व्यवसायमध्ये छनोटमा परेका व्यावसायीले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने छन् ।

कार्यक्रममा नेपालको लागि स्विस राजदुत एलिजाबेथ भोन क्यापेलरले नेपालको विकास साझेदारका रुपमा निजी क्षेत्रसंगको साझेदारीमा उद्यमीलाई बैंक ऋणको पहुँचले विषम परिस्थितिमा, व्यवसाय र जीविका चलाउन सहयोग पुग्ने बताए ।

वान टु वाचका प्रवन्ध निर्देशक सुमन जोशीले लद्यु, साना तथा मझौला व्यवसायहरुको आर्थिक अवस्थामा सुधार ल्याउँदा समग्र अर्थतन्त्र नै पुनः चलायमान गर्न बलियो जग खडा गर्न सकिने बताए ।

कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले समझदारीबाट देशको अर्थतन्त्र पुनः चलायमान बनाउनुका साथै अर्थतन्त्रलाई गतिशिल बनाउन टेवा पुग्ने बताए ।