१ कार्तिक २०८३, आइतबार

सबैले सबैका चाडपर्वहरुको सम्मान र संरक्षण गर्न जरुरी : तिमिल्सिना

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबैले सबैका साँस्कृतिक मूल्य, मान्यता, प्रचलन तथा चाड पर्वहरुको सम्मान र संरक्षण गर्न जरुरी रहेको बताएका छन् ।

हिन्दुहरुको महान पर्व विजयादशमी, २०७७ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण नेपालीमा शुभकामना व्यत्तः गर्दै सो कुरा बताएका हुन् ।

‘सर्वप्रथम कोरोना संक्रमणबाट निधन हुनुभएका सम्पूर्ण नेपाली तथा विश्वभरका नागरिकहरुप्रति हार्दिक श्रद्दान्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु । संक्रमित सबैमा शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु’, उनको शुभकामना सन्देशमा उल्लेख छ ।

यस्तै नेपाल बहुँसास्कृति तथा विविधताले भरिपूर्ण रहेको र सामाजिक तथा साँस्कृतिक रुपमा नेपालीहरुले मनाउने चाडपर्वमा समेत विविधता भएको भन्दै उनले साँस्कृतिक मूल्य, मान्यता तथा प्रचलनहरु मानव जीवनको अभिन्न अंगको रुपमा रहेको बताएका छन् ।

यस्ता खालका साँस्कृतिक विविधताको सम्मान, संरक्षण र प्रवर्द्धन गर्न सकियो भने मुलुकको राष्ट्रिय एकता मजबुत भई सामाजिक तथा साँस्कृतिक सुरक्षाको अनुभुति आम नागरिकमा हुन सक्ने उनको भनाइ छ । ‘तसर्थ सबैले सबैका साँस्कृतिक मुल्य, मान्यता, प्रचलन तथा चाड पर्वहरुको सम्मान र संरक्षण गर्न जरुरी हुन्छ’, उनले भनेका छन् ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा समेत फैलिरहेको र सङ्क्रमणको जोखिम बढिरहेकोले अघिल्ला वर्षहरुमा जस्तै बाक्लो उपस्थिति सहित हर्षउल्लासपूर्वक मनाउने अवस्था नरहेको भन्दै उनले यस अवस्थामा सरकारले जारी गरेको निर्देशन, आचारसंहिता र सावधानीका उपायहरुलाई पालना गरी विजयादशमी मनाउनुहुन हार्दिक अनुरोध गरेका छन् ।