
काठमाडौँ, ६ कात्तिक । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण देखिएको छ ।
सामान्य रुघाखोकी लागेका उनी केही समयदेखि होम आइसोलेसनमा बसेका थिए ।
कोरोना परीक्षणका लागि वुधबार स्वाब दिएका उनको बिहीबार कोरोना पोजेटिभ देखिएको हो ।
पौडेलसँगै मुख्यमन्त्रीकी पत्नी विजया पौडेल, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण भएको छ ।
मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले उनीहरू सबैको अवस्था सामान्य रहेको जनाए ।
मुख्यमन्त्री पौडेललाई सामान्य रुघाखोकी लागेको र हाल घरमै रहेका जनाएको छ ।















प्रतिक्रिया