
काठमाडौँ, ६ कात्तिक । सरकारले गत चैतदेखि कोरोनाबारे गर्दै आएको प्रेस ब्रिफिङ ५ दिन स्थगित हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दसैँ विदा हुने भएकाले शुक्राबारदेखि मंगलबारसम्म प्रेस ब्रिफिङ नहुने जानकारी दिएका हु्न् । यद्यपि अन्य माध्यमबाट कोरोनासम्बन्धी विवरण भने दिइने गौतमले जनाए ।
उनले भने, ‘वुधबारदेखि परिसकृत रुपमा मिडिया ब्रिफिङ गर्नेछौँ ।’
चैतदेखि नै सरकारले अपरान्ह सवा ४ बजे नियमित रुपमा कोरोनासम्बन्धी विवरण प्रस्तु गर्दै आएको छ । जहाँ गत २४ घण्टामा थपिएका संक्रमित, मृत्यु हुनेको संख्या तथा निको हुने व्यक्तिहरु वा अन्य आवश्यक जानकारीहरु प्रदान गरिँदै आएको छ ।















प्रतिक्रिया