
काठमाडौं, ६ कात्तिक । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले झापा, धनुषा र सिरहाबाट ३ जनालाई पक्राउ गरेको छ ।
११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका–२ लालमाटीका २५ वर्षीय रतन राजबंशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित बाँसघारीमा लगेर मंगलबार जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।
यस्तै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका–१३ कवडहल बस्ने ३२ वर्षीय विष्णुदेव राउतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । काकाको घर जनकपुर आएको अवस्थामा राउतले किशोरीलाई जबरजस्ती करणी गरेको बताइएको छ ।
यसैगरी १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मिर्चैया नगरपालिका–३ बक्थलवा बस्ने ५० वर्षीय भोला सदालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई सोही ठाउँस्थित धान खेतमा जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको बताइएको छ ।















प्रतिक्रिया