१ कार्तिक २०८३, आइतबार

कोरोना संक्रमित हास्य कलाकार हरिवंश दम्पत्तिको रिपोर्ट नेगेटिभ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । कोरोना संक्रमित हास्य कलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिला पाठक कोरोना संक्रमणमुक्त भएका छन् ।

सामान्य लक्षण देखिएपछि असोज १९ स्वाब परीक्षण गर्दा दुबै जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता होम आइसोलेसनमा बसेका उनीहरुको १५ दिनपछि ‘नेगेटिभ’ रिपोर्ट आएको हो ।

बिहीबार फेसबुकमा आचार्यले लेखेका छन्, ‘हाम्रो कोरोनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । हामीलाई धेरै धेरै माया दिनुहुने सबैमा धन्यवाद ।’