मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

मेगा बैंकले ल्यायो ‘टीक बैंकिङ’, यसरी लिन सकिन्छ सेवा

दैनिक नेपाल २०७७ कार्तिक ६ गते ११:५८

काठमाडौं, ६ असोज । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकमैत्री अत्याधुनिक ‘टीक बैंकिङ’ सेवा शुरू गरेको छ ।

अत्याधुनिक प्रविधिहरुलाई आत्मसात गर्दै बैंकिङ सेवा प्रदान गरिरहेको मेगा बैंकले आफ्ना ग्राहकका लागि ‘टीक बैंकिङ’ सेवा ल्याएको बताएको छ । इन्टरनेटको पहुँचमा रहेका ग्राहकका लागि ‘टीक बैंकिङ’ सेवा अति नै सहज र प्रभावकारी हुने बैंकले विश्वास लिएको छ ।

आफूले लिन चाहेको सेवाबारे जानकारी दिनासाथ मेगा बैंकका सम्बन्धित यूनिट र विभागले ग्राहकलाई सम्पर्क गर्ने छन् ।

कसरी लिने टीक बैंकिङ सेवा ?

बैंकका अनुसार सबैभन्दा पहिला ग्राहकहरुले मेगा बैंकको आधिकारिक बेबसाइट मेगा बैंक नेपाल डटकम खोल्नुपर्ने हुन्छ । जसको बायाँतर्फ सबैभन्दा अगाडि टीक बैंकिङ उल्लेखित एउटा ट्याब आउँछ । उक्त ट्याबमा क्लिक गरेपछि जुन सेवा लिन चाहेको हो, त्यो छान्नुपर्छ ।

त्यसपछि त्यहाँ मेगा बैंकका बचत, कर्जा, मुद्दती र डिजिटलका विभिन्न सेवा÷सुविधाहरु भेटिन्छन् । ग्राहकले त्यसमा टीक लगाउनाका साथै आफ्नो नाम, इमेल, मोबाइल नम्बर र सेवा लिन चाहेको शाखा कार्यालयको विवरण भर्नुपर्छ । त्यो विवरण भर्नासाथ मेगा बैंकका सम्बन्धित यूनिट र विभागले ग्राहकलाई सम्पर्क गरी सेवा प्रारम्भ गर्दछन् ।

इन्टरनेटको पहुँच बढिरहेको वर्तमान अवस्थामा ग्राहकहरुकै चाहना बमोजिम टीक बैंकिङ सेवा ल्याएको मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले बताइन् ।

‘यो सेवा बैंकिङ क्षेत्रमा नयाँ आयाम बन्नेछ । ग्राहकहरुको समय बचत हुनुका साथै इच्छा गरेअनुसारको सेवा तत्कालै लिन पाइने छ । यसले स–सानो कुराका लागि जानकारी लिन बैंकमै आउनुपर्ने बाध्यता पनि अन्त्य हुने विश्वास लिएका छौं’, खुञ्जेलीले भनिन् ।

प्रतिक्रिया
सम्बन्धित