१ कार्तिक २०८३, आइतबार

राष्ट्र बैंकले आजदेखि ल्यायो रू. २० को नोट चलनचल्तीमा

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । नेपाल राष्ट्र बैंकले आज बिहीबारदेखि २० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।

साविकको आकार, रंग र बाह्रसिङ्गेको चित्र रहेको २० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

बिहीबार एक सूचना प्रकाशित गरी दिएको जानकारी अनुसार नयाँ नोटको नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालिन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको दस्तखत तथा तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा वि.सं. २०७६ लेखिएको हुनेछ ।

यस्तै पृष्ठ भागमा नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा Nepal Rastra Bank लेखिएको, मध्य भागमा बाह्रसिङ्गे चित्र रहेको, तल्लो भागको बोर्डरमा अंग्रेजीमा Rupees Twenty लेखिएको र सिरिज नम्बर अंग्रेजीमा 2020 A.D लेखिएको हुने छ ।