१ कार्तिक २०८३, आइतबार

बालकुमारीमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । ललितपुरको बालकुमारीमा नम्बर नखुलेको गाडीले पैदलयात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

बिहीबार बिहान नम्बर नखुलेको गाडीको ठक्करबाट घाइते भएका ललितपुर महालक्ष्मीस्थानका ७८ वर्षीय बाबुकाजी श्रेष्ठको उपचारको क्रममा बीएन्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएका ७० वर्षीय भाइलाल महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिएर फरार भएको गाडी र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।