
काठमाडौं, ६ कात्तिक । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभीटी)ले मंसिर ८ गतेदेखि परक्षिा सञ्चालन गर्ने भएको छ ।
कोरोना भाइरसको जोखिमका कारण यसअघि स्थगित परीक्षा पूर्वनिर्धारित परीक्षा केन्द्रहरूमै सञ्चालन गर्न लागेको हो । सीटीईभीटीले डिप्लोमा तहको नियमित तथा आंशिक सेमेस्टर र डेन्टल कन्भर्जनको परीक्षा मंसिर ८ गतेदेखि सञ्चालन गर्न लागेको हो ।
तीनै तहका सरकारहरुले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न लागिएको सीटीईभीटीले बताएको छ । कोभिड–१९ संक्रमण देखिएका परीक्षार्थीले होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा बसेको प्रमाण पेस गरेमा छुट्टै परीक्षाको व्यवस्था समेत गरिने भएको छ ।
यदि परीक्षा जुध्न गएका परीक्षार्थीहरूलाई सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न सीटीईभीटीले अनुरोध गरेको छ । यस्तै डिप्लोमा÷प्रमाणपत्र तहको १ विषय मौका परीक्षा भने २२ कार्तिकमा सञ्चालन गर्ने भएको छ ।















प्रतिक्रिया