तनहुँ, ६ कात्तिक । तनहुँ जिल्लामा अवैध हातहतियार तथा वन्यजन्तुसँग सम्बन्धित वस्तुसहित बन्दिपुर गाउँपालिका-६ ज्यामिरे स्वाँरा बस्ने ४० वर्षीय अशोक गुरुङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
गुरुङ लगायतका व्यक्तिहरूले अवैध रुपमा हातहतियारहरू साथमा लिई सर्वसाधारणलाई त्रसित पारी आतंकित बनाएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बन्दीपुर र ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरीले गुरुङको घर तलासी गर्दा १ राउण्ड गोली, २ थान म्याग्जीन सहितको पेस्तोल , ५ थान जंगली जनावरको छाला जस्तो देखिने वस्तु, २ थान जंगली जनावरको जस्तो देखिने सिङ र ५० ग्राम गाँजा जस्तो पदार्थ फेला पारी बरामद गरेको प्रहरीले जनाएकाे छ ।
तत्काल फरार रहेका गुरुङलाई बन्दिपुर गाउँपालिका-२ बाट प्रहरीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।











प्रतिक्रिया