मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

ग्लोबल आइएमई बैंकको नयाँ शाखा र एक्सटेन्सन काउण्टर सञ्चालनमा

दैनिक नेपाल २०७७ कार्तिक ५ गते २०:३०

काठमाडौँ, ५ कात्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल्ली उद्घाटन गरेका हुन् ।

यसका साथै बैंकले भक्तपुरको गाम्छा र चितवनको सप्तगण्डकी कलेज परिसरमा नयाँ एक्सटेन्सन काउण्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ शाखा तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालन आएसँगै बैंकको शाखाहरुको संख्या २६१ र एक्सटेन्सन काउण्टरको संख्या ४५ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २६१ शाखा सञ्जाल सहित २३७ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २२९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित