मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

नबिल बैंकका अध्यक्षबाट शपथ ग्रहण

दैनिक नेपाल २०७७ कार्तिक ५ गते १६:०७

काठमाडौँ, ५ कात्तिक । नबिल बैंकको नवनियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण गरेका छन् ।

नवनियुक्त अध्यक्षलाई आज आयोजित एक भर्चुअल समारोहबीच नेपाल राष्ट्र बैंककँ गभर्नर मँहँ प्रसाद अधिकारीले शपथ ग्रहण गराएका थिए । शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्च पदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो ।

२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याल २०७७ असोज २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित